कभर स्टोरी

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

  बिश्वास खनाल   2019-11-14

काठमाडौं– आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। नेपाल महिला उद्यमी महासंघले आयोजना गर्न लगेको कार्यक्रममा महिलाले उद्यम मार्फत व्यापार घाटा घटाउने भूमिकालाई उजागर गर्ने समेत बताएको छ।
विभिन्न सेग्मेन्टमा छुट्याइएको कार्यक्रममा महिला उद्यमीहरूको भूमिकाकाबारे सरोकारवालाहरुलाई सचेत गर्ने, निर्यात उन्मुख उद्यम र उत्पादनमा महिला उद्यमीहरूको क्षमता निर्माणको महत्त्वमा जोड दिने जनाइएको छ। त्यस्तै महिला अनुकूल निर्यात सुविधाका लागि वातावरण सक्षम गर्ने, नीतिगत समस्या समाधान गर्दै आवश्यक दिशानिर्देशिका तयार पार्ने समेत अपेक्षा आयोजकले लिएको छ। 
कार्यक्रमबारे जानकारी दिंदै नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शारदा रिजालले नीतिहरूको प्रभावकारी कार्यान्वयनका गर्न कार्यक्रम उपयोगी हुने बताईन। 
‘सातै प्रदेशका महिला उद्यमीहरुले आ–आफ्नो क्षेत्रको समस्या उजागर गर्ने पेपर प्रिजेन्टेसन दिने छन्’ अध्यक्ष रिजाल भन्छिन्, 'यसले  नेपालमा महिला उद्यमीको अवस्था सचित्र वर्णन गर्दै समस्या समधानको बाटो खोलिदिने छ।’ 
(बाँकी भिडियो अन्तरर्वातामा)

यसमा तपाईको मत