अटो विशेष

होन्डा कारमा फेस्टिभ बोनान्जा

  नागरिक   2021-09-29

नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंतिहार र छठलाई लक्षित गर्दै होन्डाको फेस्टिभ बोनान्जा योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत होन्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी दुई लाख रूपैयाँसम्मको नगद छुट, एक वर्षसम्मका लागि फ्रि इन्स्योरेन्स, एक वर्षसम्मका लागि फ्रिरोड ट्याक्स, तीन वर्षसम्मका लागि फ्रि सर्भिसिङ, तीन वर्षसम्मका लागि स्पेयर पार्ट्समा सात प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५ हजारसम्मको क्यास ब्याक जित्न सक्नेछन्।

यसमा तपाईको मत