बजार संक्षेप

हिमालयन बैंकले सेयर बिक्री गर्ने

  नागरिक   2019-10-21

काठमाडौं– हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । बेलायती संस्था डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (सिडिसी)ले उक्त किन्ने भएको छ । 
नेप्सेमा भएको एक सय ८० दिनको कारोबार हेर्दा बैंकको सेयरको औसत मूल्य प्रतिकित्ता पाँच सय ६७ रुपैयाँ ९३ पैसा हुन आउँछ । बैंकले एक करोड ७० लाख ४० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । पछिल्लो १८० दिनको औसत मूल्यका आधारमा सेयर बिक्री भयो भने उक्त सेयरको मूल्य नौ अर्ब ६७ करोड ८७ लाख २० हजार हुन्छ । 
बंैकले विभिन्न नामबाट बचत तथा मुद्दती निक्षेप संकलन गर्नुका साथै आवास, अटो, साना व्यवसायी लगायत शीर्षकमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ । 
बैंकले गत असार मसान्तसम्ममा एक खर्ब १२ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका एक सय २० वटा एटिएम बुथ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार पाँच सय छन् । 

यसमा तपाईको मत