भिडियो

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

  बिश्वास खनाल   2019-10-16

काठमाडौं– हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । 
नेपाली बजारको लागि महत्वाकांक्षी प्रिमियम उत्पादन रणनीति लिएको हिरोले उत्पादन गरेको यो बाइकको बजार मूल्य तीन लाख ८५ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ । 
साहसिक बाइकिङ समूह अन्तर्गत पृथक र विशेषतायुक्त एक्सप्लस २००  देशभरका नेपाल जेनरल मार्केटिङका डिलरबाट उपलब्ध हुनेछन् ।
एक्सप्लस २०० बजारमा आएको छोटो समयमा यो भारतमा उच्च बिक्री हुने एडभेन्चर बाइक बनिसकेको कम्पनीको भनाइ छ । ल्याटिन अमेरिका जस्ता विश्व बजारबाट पनि यसले अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको कम्पनीको दाबी छ । 
एक्सप्लस २०० मा २०० सिसी सिभी कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ । 
मोटरसाइकललाई सुरक्षा र सुविधाको हिसाबले विशेषतायुक्त बनाउँदै एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडी हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटुथ सहितको डिजिटल गतिसूचक यन्त्र, टाई प्वाइन्टयुक्त ठूलो आसन र रबर प्याडको साथमा सामान राख्ने प्लेट रहेको कम्पनीले जनाएको छ । 
एक्सप्लस २००  चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी चार रङमा उपलब्ध छ ।
 

यसमा तपाईको मत