बजार संक्षेप

यस्तो छ दराज ११.११ सेलको फाइदा

  नागरिक   2019-11-10

काठमाण्डौं- नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरातमा आयोजना गर्ने कुरा आए लगत्तै देश भरि एसको चर्चा चलेको छ। 
यो एक दिनको सेलमा दराजले भाउचरहरु, फ्लेश सेल, ३००० भन्दा बढि विक्रेता सँग मिली ३ लाख भन्दा बढि सामानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु लिएर आउनेछ । साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको (Nabil Bank, Nepal Investment Bank, Sanima Bank, Mega Bank, Standard Chartered, NIC Bank) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा रु ३,५०० सम्मको छूट पाउने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  
यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट ७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्री अर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ। साथै सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी, वाशीङ मशीन, रुम ग्यास हिटर, आदी सामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिने जानकारी गराइएको छ। ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन। जस्तो कि टाइटनका उत्पादनहरुमा २५% को छूट; मन्त्र नाइकी, गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा ३५% को छूट; भ्यान्सका उत्पादनहरुमा ५०% सम्मको छूट; अडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० % सम्मको छूट; र अन्य अरु धेरै ।
यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ। साथै दराज नेपालभरिका उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजारमा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ। उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ। यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दा छूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुने उक्त जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।
यस सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली (YAMAHA RAY ZR STREET RALLY) स्कुटर रहेको छ। उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुने जनाइएको छ। 
साथै दराज ले यसपाली को ११.११ मा उपभोक्ताहरुले भाउचर तथा उपहारहरु जित्ने अवसर पाउन भनि सामाजिक संजालमा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य भिडियोहरुका साथै इन–एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको जानकारी समेत उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत