बजार संक्षेप

होङ्सी शिवमको स्वास्थ्य शिविर

  नागरिक   2019-12-06

काठमाडौं– होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा एक सय ५० भन्दा बढी महिला र बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
सो अवसरमा साधारण शारीरिक थेरापी गर्नुका साथै तीन लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्यसम्बन्धी उपकरण ज्यामिर गाउँ स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत