अटो विशेष

जिडब्लुएमले नयाँ भेरिएन्ट ल्याउँदै

  नागरिक   2021-09-15

आफ्नो कर्पोरेट फिलोसफी ‘इम्प्रोभिङ लिटिल बाई लिटिल, ईभरी डे’ लाई अनुसरण गर्दै जिएम डब्लु नेपालले आकर्षक फिचरहरूसहितको टप भेरिएन्टमा (हवाल जोनिल) ल्याउँदैछ । ६० वटा मुलुकहरूमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हवाल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने १ नम्बर ब्राण्ड हो ।

यसको पानोरमिक सनरूफ र ड्युल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत पुग्ने कम्पनीले जनाएको छ ।
१.५ लिटरको पेट्रोल टर्बो इन्जिन, ६ ओम्नी डाइरेक्सनल एयर ब्यागको सुरक्षासहित ३६० भ्यू, ब्लाईन्ड स्पट मोनिटरिङ र हिल होल्ड कन्ट्रोल भएको यस गाडीको निर्माण नै सुरक्षालाई ध्यानमा राखेर गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यसको आकर्षक हेड अप डिस्पले गाडीको गति आदीको सूचना दिएर यात्रालाई सुरक्षित बनाउछ ।

यसमा तपाईको मत