ग्याजेट विशेष

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

    2019-08-20

काठमाडौँ- विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ को आयोजना गरको छ। नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उदेश्य रहेको कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 
यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोवाइल सेवा प्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित रहेको तथा यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढि प्रतिनिधीेहरुको सहभागीता रहेको जानकारी दिइएको छ। स्टार्ट अपहरुले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन् भनेर जानकारी लिन पाएको कम्पनीले जानेको छ। 

“परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अब मुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकम कम्पनीहरुका लागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्ट अपहरुसँग साझेदारी गर्न आशावादी छ,” एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले बताए। 

कार्यशालामा जिएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमा कसरी मोबाइल अपरेटर र स्टार्ट अपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेको जानकारी गराइएको छ।

यस कार्यशालामा सहभागी स्टार्ट अपहरुले जिएसएमए र एनसेल प्रतिनिघि समक्ष आफ्ना स्टार्ट अपहरुका बारेमा पिच गर्ने मौका पाएका थिए जानकारी गराएको छ। जिएसएमए इकोसिस्टम एसेलेरेटरको टिमले स्टार्ट अपहरु र त्यसका संस्थापकहरुका साथ काम गरि मोबाइल अपरेटरहरुलाई आगामी दिनमा थप मुल्य प्रदान गर्ने किसिमले सेवा डिजाइन तथा कार्यन्वयनमा मद्दत पुर्याउने जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत