बजार संक्षेप

गोंगबुमा सुविधायुक्त सिनेमा हल

  नागरिक   2019-10-23

काठमाडौं– गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । 
आइएनआई सिनेमाले विभिन्न पक्षमा आधुनिकता समायोजन गरी दर्शकको मन जित्ने प्रयास गरेको जनाउँदै अरुको तुलनामा ठूलो स्क्रिन र आकर्षक पिक्चर क्वालिटी तथा आरामदायी सिटको प्रबन्ध गरिएको दाबी गरेको छ ।
कर्माचार्य कम्प्लेक्सभित्र रहेको आइएनआई सिनेमा हलमा दुईवटा राम्रा दर्शकदीर्घा छन् । यसमा एकैपल्ट दुईवटा सिनेमा देखाउन सकिने जारी विज्ञप्तिमा उल्लेख छ । दुईवटा अडिटोरियममध्ये पहिलोमा एक सय ८१ र दोस्रोमा एक सय ५४ सिट रहेको जनाइएको छ ।
नेपालमा पहिलोपल्ट जिडिसी सर्भर प्रविधि प्रयोग गरेर गुणस्तरीय प्रदर्शन गर्ने क्षमता रहेको जनाउँदै कलात्मक नमुनामा निर्माण गरिएका यी प्रदर्शन दीर्घामा ब्राङ्को २० सी र डी ३डी प्रविधि प्रयोग गरिएकोले दर्शकलाई पूर्ण मनोरञ्जन प्राप्त हुने जनाइएको छ ।
 

यसमा तपाईको मत