बजार संक्षेप

सुन तोलाको आज पनि ६५ हजार

    2019-06-23


काठमाडौँ - नेपाली बजारमा आज पनि सुनको मूल्य तोलाको ६५ हजार रुपैयाँ पुगेको छ। 
बिहीबार प्रतितोला ६४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार ६५ हजार पुगेको नेपाली बजारमा आज पनि सुनको मूल्य तोलाको ६५ हजार रुपैयाँ पुगेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसपछिका दुई दिनमा दुई हजार रुपैयाँ बढेर ६५ हजार पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजार प्र्रभावित भएको हो । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब एक हजार अमेरिकी सेना इरान पठाउने निर्णय गरेसँगै अमेरिकी बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै माथि जाने अनुमान गरिएको उनले बताए । 
यो वर्ष (सन् २०१९) सुनको मूल्य प्रतिऔंस १४ सय अमेरिक डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको शाक्यको भनाइ छ । चीन र अमेरिकाबीचको व्यापार द्वन्द्वको असर पनि सुन बजारमा परेको उनले बताए । ‘विश्व अर्थतन्त्रका दुई शक्तिशाली मुलुक चीन र अमेरिकाको ट्रेड वारको असर पनि सुन बजारमा देखिएको छ,’ उनले भने, ‘यो विवाद नसुल्झिँदासम्म भाउ नबढ्ला भन्न सकिँदैन ।’ 
सरकारले बजेटमा सुनको भन्सार महसुल बढाएकोले पनि मूल्यमा असर परेको छ । 
अमेरिकाको केन्द्रीय बैंकले अपेक्षित रुपमा ब्याज नबढाएकाले अहिले लगानीकर्ता सुनमा आकर्षित भएकोले सुनको मूल्य बढेको महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा बताउँछन् । ‘अमेरिकीले सुनमा लगानीलाई प्राथमिकता दिएपछि भाउ बढेको हो,’ उनले भने । यसअघि नेपाली बजारमा सुनको अधिकतम मूल्य ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो । 
सुनमा लगानीकर्ता बढेपछि मूल्य उकालो लाग्छ । भाउ बढेपछि नेपाली बजारमा सुन बेच्ने बढे पनि किन्नेको संख्या घटेको छ । नेपाली बजारमा दैनिक करिब २० किलो सुन बिक्री हुने गरेकोमा भाउ एकाएक बढेपछि कारोबार घटेको व्यवसायीको भनाइ छ । भाउ बढेपछि सुन बेच्नेहरु आए पनि किन्ने ग्राहक नपाएको व्यवसायीले बताए ।

यसमा तपाईको मत