बजार संक्षेप

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

  नागरिक   2019-09-22

काठमाडौं– ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ ।
बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ३, सँगको सहकार्यमा पानीपोखरीदेखि महाराजगन्जसम्मको सडक पेटीमा करिब दुई सय बिरुवा रोपेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धक सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणा लगायतको उपस्थिति रहको बैंकले जनाएको छ ।
साथै बैंकका उपत्यकाबाहिर रहेका शाखाले पनि संविधान दिवसको अवसरमा वृक्षरोपण, वित्तीय साक्षरता तथा दीपावलीका कार्यक्रम आयोजना गरेकोे विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत