बजार संक्षेप

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

  नागरिक   2020-01-22

काठमाडौं– ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
योसँगै बैंकको शाखा कार्यालय संख्या दुई सय ६७ पुगेको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा दिँदै आएको विज्ञप्तिमार्फत जनाएको  छ ।
हाल बैंकले दुई सय ६७ शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, दुई सय ५६ एटिएम तथा दु्ई सय ४८ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत