बजार संक्षेप

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

  नागरिक   2019-10-20

काठमाडौँ- सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९ देखि सुरु भएको थियो। यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुनेछ जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ। सो कुपन मार्फत ग्राहकहरुले ब्याग ,वालेट किरिङ्ग ,कार्ड होल्डर ,मोवाइल ,साईकल र टिभी उपहारहरु जित्न सकिने कमापनिद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
सोही प्रमोसन मार्फत नरेश थकुल्लाले  ३२’’को टिभी उपहार जितेको जानकारी गराइएको छ। थकुल्लाले एन् एस् क्यास पोइन्टको पोर्ट क्लंग ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए । यस्तै बिभिन्न उपहारहरु जित्नको लागि एन् एस् क्यास पोइन्टको शाखा मार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्ने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेखित छ।
सिटी एक्सप्रेसले  रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ।

यसमा तपाईको मत