बजार संक्षेप

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

  नागरिक   2020-01-20

काठमाडौँ- टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम आयोजना गरिएको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्र को यहि माघ ३ गते काठमाण्डौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र कोकार्यक्रम पौष २१ गतेआयोजना गरिएको थियो।
देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता जनाएका थिए, जस मध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एल.जी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एल.जी को ८ के.जी क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टि.भि र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेको जनाएको छ।

सिप्रदी टेड्रिङ्ग प्रा. लि. सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनी हो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत