बजार संक्षेप

एसबिआई बैंकको साधारण सभा

  नागरिक   2019-12-16

काठमाडौं– नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले बैंकको आर्थिक वर्ष ०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण असार मसान्त २०७६ को वासलात, आर्थिक ०७५/७६ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूची समेत पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सभाले बैंकका सेयरधनीलाई चुक्ता पुँजीको १६.८४ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको जनाइएको छ ।
सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेन्ट बैंकिङ’को आर्थिक वर्ष ०७५/७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको जनाएको छ । 
 

यसमा तपाईको मत