बजार संक्षेप

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

  नागरिक   2019-11-13

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको छ । बैठकले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८%बोनस शेयर वितरण गरी रु. २९.८ करोड पुर्याउने निर्णय गरेको छ। साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५/७६ मा कम्पनीले खुद नाफा रु. २३७,७३५,७८६ गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ।  नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ।

आ.व. २०७५/७६मा NCHL-ECC मार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) बाट ४,९३१,९५० तथा connectIPS e-Payment प्रणालीमार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो। कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो । हाल८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध रहेको उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१०%), बैंक तथावित्तीय संस्थाहरु (८०%), र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१०%) द्वारा प्रवर्धित कम्पनी हो। यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।  


 

यसमा तपाईको मत