बजार संक्षेप

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

  नागरिक   2020-01-29

काठमाडौँ- सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
उक्त शाखाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङ, सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्ग, संचालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेश अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले आफ्नो प्रेस बिज्ञप्तिमा जनाएको छ। 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिव चोक शाखा गण्डकी प्रदेशको पोखरा शिव चोकमा स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गरे। “समृद्ध नेपाल, सुखी नेपाली” हुनका लागि बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने कुरा बताउनुभयो र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
सिभिल बैंकले हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु.५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको छ । यस बैंकको गण्डकी प्रदेशमा यस शाखा समेत गरी १२ शाखा तथा नेपालभर कुल शाखा संख्या १०३ पुगेकोे बैंकले जनाएको छ । 

यसमा तपाईको मत