बजार संक्षेप

राउन्ड टेबल नेपालद्वारा ‘उमंगको उडान’

  नागरिक   2019-10-23

काठमाडौं– राउन्ड टेबल नेपालले पहिलोपटक ‘उमंगको उडान’ नामक कार्यक्रम सम्पन्न भएको छ । राउन्ड टेबल नेपालले जिम्मा लिएका स्कुलबाट बालबालिकालाई हवाई यात्रा गराउनु कार्यक्रमको उद्देश्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
वीरगन्ज राउन्ड टेबल ३ र काठमाडौं राउन्डटेबल १ को प्रयासमा सम्पन्न उक्त कार्यक्रममा वीरगन्ज राउन्ड टेबल ३ द्वारा वीरगन्जमा निर्मित तीनवटा स्कुलबाट १२ बालबालिका र एक शिक्षकलाई छनोट गरी बिहानको फ्लाइटबाट सिमरा–काठमाडौंको हवाई यात्रा गराएको र साँझको फ्लाइटबाट वीरगन्ज पठाइएको जनाइएको छ । 

यसमा तपाईको मत