भिडियो

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

  बिश्वास खनाल   2019-10-14

काठमाडौँ- चाडपर्वमा चिनी, खाने तेल, ध्यू, चामललगायतका दैनिक वस्तुको खपत बढ्ने भएकाले सरकारले उपभोक्तलाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । मुलुकभर ७३ स्थानमा भदौको अन्तिम साताबाट सुपथ मूल्य पसल सुरु भएका छन् । भदौ २३ बाट सुरु भएको सुपथ मूल्य पसल कात्तिक १६ गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपानेले बताए। ‘चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि छूट पसल सञ्चालन गरेका हौं,’ न्यौपानेले भने, ‘यसले बजारमा मूल्यवृद्धि नियन्त्रणमा पनि टेवा पुग्छ ।’ सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । ती संस्थाले सञ्चालन गरेका सुपथ मूल्य पसलमा छूट दिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ भने उपत्यका बाहिर एक्काइस स्थानमा पसल संचालन गरेको छ । न्यौपानेका अनुसार सरकारको निर्णय अनुसार छूटसहित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । 

यसमा तपाईको मत