बजार संक्षेप

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

  नागरिक   2019-12-05

काठमाडौं– माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको हजार रुपैयाँ दरका ऋणपत्र मंसिर १८ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेको जनाइएको छ । सूचीकरणपछि १० वर्षमा साँवा फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्पmत दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिने जनाइएको छ । 
हाल बैंकले एक सय ४४ शाखा, एक सय ३८ शाखारहित बैंकिङ एकाइ समेत गरी दुई सय ८३ ठाउँबाट सेवा दिइरहेको छ । यसको एटिएम संख्या एक सय ७१ छ । 
 

यसमा तपाईको मत