बजार संक्षेप

फर्स्ट माइक्रोफाइनान्सको तालिम

  नागरिक   2019-11-14

काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । 
बाँकेको कोहलपुरमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था तथा सामुदायिक आधारमा सञ्चालित सहकारी संस्थाका कर्मचारीलाई उक्त तालिम दिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तालिममा २४ साझेदार संस्थाका ४४ कर्मचारीको सहभागिता रहेको जनाइएको छ । तालिमले लघुवित्तको क्षेत्रमा दोहोरोपनको समस्या समाधान गर्न र सदस्यको लघुउद्यमशीलताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साझेदार संस्थाका सहभागी कर्मचारीलाई तालिमको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।  
 

यसमा तपाईको मत