ग्याजेट विशेष

फेसबुक लाइटमा डार्क मोड - यसरी सुचारु गर्नुहोस् !

  नागरिक   2020-02-16

फेसबुकले फेसबुक लाइट एपका लागि नयाँ अपडेट सार्वजनिक गरेको छ जसबाट प्रयोगकर्ताले डार्क मोड सुचारु गर्न सक्नेछन् । फेसबुकले अझै पनि मुख्य फेसबुक एपका लागि डार्क मोड सार्वजनिक गरेको छैन ।

फेसबुक लाइट एप फेसबुकको थोरै साइज भएको र थोरै डेटामा चल्ने आधिकारिक एप हो । मुख्य फेसबुक एपको साइज ५०० एमबी सम्म हुन जान्छ भने फेसबुक लाइटको डाउनलोड साइज केवल २ एमबीको रहेको छ । टूजी नेटवर्क र स्लो इन्टरनेटमा प्रयोगका लागि फेसबुक लाइट उचित रहेको छ । आन्तरिक स्टोरेज कम भएको स्मार्टफोनमा मुख्य एपको सट्टा यो एप प्रयोग गर्न उचित छ ।


मुख्य फेसबुक एपको तुलनामा फेसबुक लाइट एपमा केही फिचरहरू कटौती गरिएको छ । सानो साइजको डिस्प्ले भएका स्मार्टफोनहरूको लागि पनि यो एप उचित छ ।

फेसबुक लाइट एप गुगल प्ले स्टोरमा नि:शुल्कमा डाउनलोड गर्न उपलब्ध छ ।

सुचारु कसरी गर्ने ?

फेसबुक लाइटमा डार्क मोड सुचारु गर्न निकै सजिलो छ । फेसबुक लाइट एपको माथिल्लो दाहिने पट्टी रहेको मेनु अप्सनमा जानुहोस् । उक्त मेनुमा नै “Dark Mode” सुचारु गर्ने विकल्प देख्न सक्नु हुनेछ । यस विकल्पलाई सुचारु गरेपछि फेसबुक लाइट एपमा डार्क मोड सुचारु हुनेछ ।

 

यसमा तपाईको मत