भिडियो

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

  बिश्वास खनाल   2019-09-20

काठमाडौं– राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । सिनेमा हलसहितको उक्त भवन बिहीबारबाट सञ्चालनमा आएको हो । 
उक्त मलमा शुक्रबारबाट दसैं फेस्ट सुरु हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । दसैं फेस्टका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि तय गरिएको बताइएको छ । आइप्लेक्समा रहेको सिनेमा हलले उद्घाटनको अवसरमा आकर्षक अफर प्रस्तुत गरेको र विभिन्न पसलहरुले छुट घोषणा गरेको जनाइएको छ । 
फेस्ट अवधिमा सर्कस सो, एलेनजंग थापा र प्रनेश गौतमको स्ट्यान्डअप कमेडी लगायत सबिन राई, द फाराओह, सुगम पोखरेल, स्वप्न सुमन, हर्कुलस बस्नेत, प्रख्यात डान्सर वाइल्ड रिप्पेर्ज, स्ट्रकपपको प्रस्तुति पनि हेर्न पाइने बताइएको छ ।
उक्त मलमा विभिन्न ब्रान्डेड स्टोरहरु छन् । विज्ञप्तिमा फुड कोर्ट, रुफटप लाउन्ज, पर्याप्त अन्डरग्राउन्ड पार्किङ र अत्याधुनिक सिनेमा हललाई आइप्लेक्सका विशेषता भनिएको छ ।

यसमा तपाईको मत