बजार संक्षेप

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

  नागरिक   2020-01-24

काठमाडौं– सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
बैंकले सर्लाहीको श्रीनगर र मलंगवामा सञ्चालन गरेको उक्त शिवरमा १२ सय ४१ जनाको आँखा परीक्षण गरिएको  छ ।
परिक्षण गरिएकामध्ये एक सय ७८ जना मोतियाबिन्दु रोगीको पहिचान गरी शल्यक्रिया गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
उक्त शल्यक्रियाका लागि बैंकले अस्पताललाई चार लाख ६७ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत