बजार संक्षेप

सिन्धुका थप दुई शाखा विस्तार

  नागरिक   2019-10-23

सिन्धुपाल्चोक– पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । बैंकले चितवनको चनौली र मकवानपुरको हेटौंडा बजारमा शाखा विस्तार गरेको हो । 
चनौली शाखाको बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र हैटौँडा शाखाको हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । चनौलीसमेत चितवनमा मात्र बैंकको शाखा संख्या ६ पुगेको छ । 
बैंकले यसअघि टाँडी, विकास चोक, पर्सा, नारायणगढ बजार र भरतपुरको लाहुरे चोक शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको थियो । नारायणगढ बजार र भरतपुरको लाहुरे चोक शाखा दसैँअघि मात्र सञ्चालनमा आएका थिए । 
त्यस्तै बैंकको मकवानपुरमा चनौली दोस्रो शाखा हो । यसअघि पालुङ शाखाबाट बैंकले सेवा दिँदै आएको थियो ।    बैंकका अध्यक्ष श्रेष्ठले बैंकिङ सेवामा स्थानीयको पहुँच स्थापित गर्न बैँँकले शाखा विस्तारमा जोड दिएकोे बताए । ‘शाखा विस्तारले उद्योगी, व्यवसायी र स्थानीयलाई फाइदा पुग्नेछ,’ उनले भने । स्थानीयको माग र मायाका कारण पछिल्लो समय बैंकले शाखा विस्तारमा जोड दिएको उनले  बताए । उनका अनुसार आवश्यक स्थानमा थप शाखा विस्तार गर्दै जाने नीति बैंकले लिएको छ । 
यीसमेत बैंकका शाखा संख्या २२ पुगेको छ । दुई बैंकिङ इकाई कार्यालयसहित बैंकले २४ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आएको छ । सिन्धुपाल्चोकको बाह्रविसेमा केन्द्रीय कार्यलय रहेको बैंकको काभे्रको बनेपामा कर्पोरेट कार्यालय रहेको छ । जिल्लाको खाडिचौर, चौतारा, मेलम्ची, जलवीरे र मुडेमा शाखा रहेको बैंकको सुकुटे र सिलढुंगामा एकाइ कार्यालय छन् । काभ्रेको दोलालघाट, पाँचखाल, भकुण्डे, सिपाघाट र पनौतीमा शाखा रहेको बैंकले दोलखाको चरिकोट तथा सिंगटीबाट बित्तिय सेवा प्रवाह गर्दै आएको छ । 

    
 

यसमा तपाईको मत