बजार संक्षेप

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

  नागरिक   2019-10-16

काठमाडौं– एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । गत आर्थिक वर्ष ०७५/०७६ को नाफाबाट पाँच प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त प्रस्वाव साधारण सभामा लैजाने निर्णय गरेको हो । 
नेपाल राष्ट्र बैंकले उक्त प्रस्वात स्वीकृत गरेपछि बैंकको आगामी साधारणसभाले पारित गरी सेयरधनीलाई लाभांश वितरण हुनेछ । हाल बैंकको चुक्तापुँजी आठ अर्ब ६ करोड रुपैयाँ रहेकोमा पाँच प्रतिशत बोनश सेयर निष्कासनपछि आठ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ । बैंकले अघिल्लो आव ०७४/७५ मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

यसमा तपाईको मत