बजार संक्षेप

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

    2019-08-22

काठमाडौं– एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य स्कुलमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौताअनुसार एन प्याब्सनले सदस्य स्कुलमा एभरेस्ट बैंकको उत्पादन र सेवा प्रवद्र्धन गर्न सहयोग पुर्याउने जनाइएको छ ।
इबिएलले पनि एन प्याब्सनको जिल्ला शाखाको सिफारिसमा एन प्याब्सनका सदस्य स्कुललाई १०.६२ प्रतिशत आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै दुई संस्थाबीच दीर्घकालीन सहकार्यसम्बन्धी अन्य विभिन्न विषय यस एमओयूमा उल्लेख गरिएको छ । बैंकका सिइओ सोमेश्वर सेठ तथा एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले एकआपसमा एमओयू साटा–साट गरेको बैंकले जनाएको छ । 
बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय २० एटिएम तथा बृहत् बाह्य सञ्जाल सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत