बजार संक्षेप

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

    2019-07-14

काठमाडौं,–  एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
उक्त अवसरमा काठमाडौंको मातातीर्थमा रहेको मातातीर्थ वृद्धाश्रम समितिलाई खाद्यान तथा अत्यावश्यकीय सामग्री वितरण गरेको कम्पनीको विज्ञप्तिमा जनाइएको छ ।
आश्रमलाई तीन सय किलो चामल, ३० किलो दाल, ५० किलो आलु त्यत्ति नै चिनी, १० लिटर तेल, नुन, मसला, खसी र कुखुराको मासु, लुगाधुने, नुहाउने र हात धुने साबुन, सर्फ, हार्पिक, फिनेल, ट्रवाइलेट ब्रस र कुर्सी लगायत सामग्री वितरण गरेको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत