ग्याजेट विशेष

गुगल प्लसको अन्त्य

  नागरिक   2019-02-03

यहि वर्षको एप्रिल २ गते गुगलको फेसबुक किलर भनिएको गुगल प्लसको अन्त्य हुन गईरहेको छ । गुगलका अनुसार गुगलले अप्रिल २ मा प्रयोगकर्ताले सिर्जना गरेको कुनै पनि प्रोफाइल, पेज र अकाउन्ट डिलिट गरिदिने छ । यसले प्रयोगकर्ताको डेटा र फोटोहरु पनि डिलिट हुनेछ । त्यसैले गुगलले आफ्नो फाइल र फोटोहरुलाई अप्रिल २ अगाडि नै डाउनलोड गरेर सुरक्षित गर्न आग्रह गरेको छ ।

यसले गुगल फोटोजमा सेभ भएर बसेको फोटो र भिडियोलाई भने केहि असर गर्ने छैन । यस लगायत गुगलले आफ्नो डेटाहरु डाउनलोड कसरी गर्ने बारेमा पनि जानकारी आफ्नो वेबसाइटमा पोस्ट गरेको छ । गुगल प्लसले गुगल र एल्फाबेटले चाहेको जस्तो चर्चा पाउन नसके पछि र गत वर्ष भएको ठूलो डेटा लिकको कारणले गर्दा गुगलले गुगल प्लसमा बन्द गर्न लागेको हो ।

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो । गुगलले प्रयोगकर्ता बढाउनका लागि भनेर नै युट्यूब अकाउन्ट बनाउदा गुगल प्लसलाई अनिवार्य गरेको थियो । यसले गर्दा पनि गुगल प्लसको अकाउन्ट संख्या चाहिँ बढेको थियो र प्रयोग भने निकै कम प्रयोगकर्ताले गरे । प्रयोगकर्ताको कमि र डेटाको लिकको कारणले गर्दा नै गुगलले गुगल प्लस बन्द गर्ने भएको हो ।

यदि तपाईं गुगल प्लसको प्रयोगकर्ता हो भने अप्रिल २, २०१९ अगाडी नै आफ्नो फोटो र डेटा डाउनलोड गरिसक्नु पर्नेछ । यस मिति पश्चात् तपाईंले गुगल प्लसमा लगइन गर्न सक्नु हुनेछैन ।  

 

यसमा तपाईको मत