भिडियो

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

  बिश्वास खनाल   2019-09-20

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नेपालको समृद्धि, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र एनआरएनमा व्यापक सहभागिता गराउने लगायतका २० बुँदे प्रतिवद्धताका साथ आफूले उम्मेदवारी घोषणा गरेको पन्तले जानकारी दिए।

उनले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, ब्रिटिश भुपू गोर्खा सैनिकको माग सम्बोधन गर्न पहल गर्ने समेत प्रतिवद्दता जनाए। यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भ्रमण वर्ष २०२० को एजेन्डालाई अघि बढाउने लगायतका प्रतिबद्धता जनाए।

यसमा तपाईको मत