अटो विशेष

दसैं र तिहार लक्षित सिजीको योजना

  नागरिक   2021-09-13

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिएका चाड दसैं र तिहारलाई लक्ष्य गरी यो उत्सवमा घरलाई बनाऔं सिजी स्मार्ट होम नामक योजना ल्याएको छ। उक्त योजना अन्तर्गत सिजी ब्रान्डका कुनै पनि सामान खरिदमा आकर्षक क्यासब्याक तथा उपहार पाइने विज्ञप्तिमा उल्लेख छ।

५५ हजारसम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्रमार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर पाँच जनालाई र बम्परमा तीन जोडीलाई दुई रात, तिन दिनको मेघौली सेराईको प्याकेज उपहार दिने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ। 

योजनाअन्तर्गत सिजीका कुनै पनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, सोकेस, कुलर र भ्याकुम खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानमा विभिन्न किसिमका वारेन्टी समेत प्रदान गर्ने कमपनलिे जनाएको छ।

सिजीको माइक्रोवेभ ओभन खरिदमा २८ सय रूपैयाँ बराबरको कुकिङ किट तथा क्यास ब्याक, एसी खरिदमा चार हजार बराबरको निःशुल्क जडान तथा क्यास ब्याक र सिजी डिसवासरको खरिदमा दुई पाकेट डिसवासर ट्याब्लेट तथा क्यासब्याक प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत