अटो विशेष

टिभिएसको डाउनलोड एन्ड विन अफर

  नागरिक   2019-10-16

काठमाडौं,- जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ । उक्त प्रतियोगितामा सहभागी हुन प्रयोगकर्ताले भाइबरको स्टिकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गर्नुपर्ने कम्पनीले जनाएको छ । 
लक्की ड्रमार्फत विजेता चयन गरिने र विजेताले आकर्षक उपहारका साथै एकजना भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अभियान सोमबारदेखि दुई महिनासम्म जारी रहने बताइएको छ ।

यसमा तपाईको मत