बजार संक्षेप

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

  नागरिक   2020-01-23

काठमाडौँ- डिशहोम नेपालमा रहेको अग्रणी डी टी एच सेवा प्रदायक कम्पनी हो जसले थुप्रै डिजिटल एच डी च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ । चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुद होस् या त्यो केहि सिक्नको लागि होस् डिशहोमले आफ्नो विभिन्न च्यानलहरु मार्फत दर्शकहरुलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ। 

यस्तै मनोरञ्जन दिने उद्देश्यले डिशहोमले एउटा विशिष्ट च्यानल राइम्स मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । च्यानल नं. ८०९ मा हेर्न सकिने यस च्यानलमा २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्तरक्रियात्मक च्यानल रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। च्यानलले बच्चाहरुको लागि एउटा पढ्ने आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुदृढ बनाउन मद्दत गर्ने उक्त जारी प्रेस ब्ग्यप्तिमा उल्लेख गरिएको छ। 

 

यसमा तपाईको मत