बजार संक्षेप

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

  नागरिक   2019-10-16

काठमाडौं– एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई डिजिटल भुक्तानी गर्दा सिद्धार्थले १० प्रतिशत छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौता बमोजिम बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको मुलुकभर रहेका २३ होटल तथा रेस्टुरेन्टमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउन सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
एनआइसी एसियाले तीन सय एक शाखा कार्यालय, तीन सय ७५ एटिएम, ८४ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ । 
 

यसमा तपाईको मत