ग्याजेट विशेष

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

    2019-03-16

फेसबुकको फिड स्क्रोल गर्दा गर्दै आफैं भिडियोहरु प्ले हुनेगर्छन - यस फिचरलाई अटो प्ले अर्थात् स्वत भिडियो प्ले हुने फिचर भनिन्छ । यस फिचरको मुख्य हेतु नै प्रयोगकर्ताको ध्यानाकर्षण गर्नु हो जसबाट प्रयोगकर्ताले फेसबुकमा धेरै समय बिताउने छन् । 

तपाईंलाई मन पर्ने विषयमा अटोप्ले भएको भिडियोले तपाईंलाई केहि फरक पर्दैन तर फेसबुक जस्तो सामाजिक संजालमा तपाईंलाई उचित हुने भिडियोहरु मात्र प्रकाशित हुन्छन् भन्ने हुँदैन । फेसबुकका साथीहरुले अरु कुनै स्रोतबाट सेयर गरेको भिडियो पनि अटो प्ले हुनेगर्दछ जसबाट तपाईंले नचाहेको वा तपाईंको लागि हानिकारक साबित हुनसक्ने विषयको भिडियो तपाईंले पनि देख्न सक्ने सम्भावना बढ्छ । हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । 

माथि उल्लेखित कारण लगायत फेसबुकमा अटोप्ले फिचर बन्द गर्नुको केहि अन्य फाइदाहरु पनि रहेको छ । मोबाइल डेटाबाट फेसबुक चलाउने प्रयोगकर्ताहरुले फेसबुक अटोप्ले फिचर बन्द गर्नासाथ डेटाको निकै कम प्रयोग भएको अनुभूति गर्नेछन् । अटो प्ले फिचर बन्द गर्नाले मोबाइलको ब्याट्री पनि बचत हुन्छ किन कि भिडियो प्ले गर्दा निकै धेरै ब्याट्री चार्जको खपत भइरहेको हुनेगर्दछ ।

अटोप्ले फिचर फेसबुकमा मात्र नभएर अन्य सामाजिक संजालमा पनि भेटिन्छन्। कतिपय वेबसाइटमा पनि आवाज सहितका अटोप्ले हुने भिडियोहरु राखिएका हुन्छन् जसले इन्टरनेट चलाउनुको अनुभव खल्लो बनाउछ । 


फेसबुकमा अटोप्ले फिचर बन्द गर्ने तरिका 

यदि तपाईं फेसबुक लाइट एप चलाउनु हुन्छ भने तपाईंले अटोप्ले फिचरको बारेमा चिन्ता लिईरहनु पर्दैन । साधारण अर्थात् पूर्ण फिचर भएको फेसबुक एपमा अटोप्ले फिचर बन्द गर्नका लागि तल लेखिएको तरिका अपनाउनुहोस्:

१. आइफोन र आइप्याडका लागि

  • स्क्रिनको तल पट्टि भएको मेनुलाई सेलेक्ट गर्नुहोस् 
  • “Settings & Privacy” (सेटिंग र प्राइभेसी) मा टच गरेपछि “Settings.” (सेटिंग)मा टच गर्नुहोस् 
  • त्यहाँबाट “Media and Contacts,” (मिडिया र कन्ट्याक्ट) मा सेलेक्ट गर्नुहोस् 
  • “Videos and Photos.” (भिडियो र फोटो) को अप्सनमा टच गर्नुहोस् 
  • Autoplay (अटोप्ले) फिचरलाई बन्द गर्नुहोस् 

 

२. एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटका लागि

  • स्क्रिनको माथि पट्टिको दाहिने भागमा भएको मेनुलाई सेलेक्ट गर्नुहोस् 
  • “Settings & Privacy” (सेटिंग र प्राइभेसी) मा टच गरेपछि “Settings.” (सेटिंग)मा टच गर्नुहोस् 
  • त्यहाँबाट “Media and Contacts,” (मिडिया र कन्ट्याक्ट) मा सेलेक्ट गर्नुहोस् 
  • Autoplay (अटोप्ले) फिचरलाई बन्द गर्नु, उक्त अप्सनमा “Never Autoplay Videos.” मा चयन गर्नुहोस् 


 

यसमा तपाईको मत