बजार संक्षेप

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

    2019-08-19

काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना गरेको जनाएको छ । 
कर्मचारीको नेतृत्व विकास, मनोवृति परिवर्तन र तनाव व्यवस्थापन विषयमा केन्द्रित उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकमा केदार रायमाझी र सहयोगी प्रशिक्षकमा क्षितिज बाराकोटी रहेको कम्पनीले जनाएको छ । 
उक्त कार्यक्रममा  अनुगमन अधिकृत, विभागीय प्रमुखका साथै केन्द्रीय कार्यालयका कर्मचारी सहभागी रहकेो बताइएको छ । 


 

 
 

यसमा तपाईको मत