बजार संक्षेप

डिसहोममा डिलर दाइको डिस्काउन्ट

  नागरिक   2020-02-10

काठमाडौं– डिसहोमले ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर सार्वजनिक गरेको छ । 
यस योजना अन्तर्गत कम्पनीका डिलरमार्फत फन्ड टान्सर्फरमार्फत वार्षिक रिचार्ज गरेबापत एड अन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । 
हप्तामा दुईजना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार जित्न सक्ने कम्पनीको दाबी छ । साप्ताहिक लक्की ड्र कार्यक्रम माघ २७ देखि वार्षिक रिचार्ज गर्ने ग्राहकको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकलाई आउने शुक्रबारको लक्की ड्रमा समावेश गरिने बताइएको छ । 
 

यसमा तपाईको मत