बजार संक्षेप

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

  नागरिक   2020-01-24

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 
सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनी, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०, उपचार प्रक्रियामा अधिकतम १५, रोगको निदानमा अधिकतम १२ तथा औषधीमा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उललेख छ ।
बैंकले एक सय दुईवटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमति पनि गरेको छ ।


 

यसमा तपाईको मत