बजार संक्षेप

फर्नेक्स २०१९ मा घुइँचो

  नागरिक   2019-09-15

काठमाडौ– सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । बुधबारदेखि सुरु भएको एक्स्पो शुक्रबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । 
फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालका अनुसार बिहीबारसम्ममा ३० हजारभन्दा बढीले मेला अवलोकन गरिसकेका थिए । शुक्रबार बेलुकासम्ममा ४० हजार पुगेको उनले बताए । 
फर्नेक्स २०१९ को शीर्ष प्रायोजन जेम फ्लोरिङले गरेको छ । मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर यसोसिएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बिमा पार्टनर एभरेस्ट इन्स्योरेन्स छ । 
एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय २० भन्दा बढी प्रदर्शकको सहभागिता रहेको छ । 
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहेका छन् । यसैगरी, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बनिरहेको आयोजकले जनाएको छ ।
फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्याउदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु¥याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ । एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाईको मत