बजार संक्षेप

सिजीको लक्की–ड्र सम्पन्न

  नागरिक   2019-10-23

काठमाडौं– चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । 
भदौ २० गतेदेखि लागू गरिएको उक्त योजनामा सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्स खरिदमा थुप्रै आकर्षक उपहार राखिएको कम्पनीले जनाएको छ ।
लक्की–ड्रमार्फत सुनसरी, खनारका भरत साह र गोदावरीका कुमार लामाले थाइल्यान्ड जाने अवसर पाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
कम्पनीले योजना अवधि र अन्य धेरै आकर्षक उपहार अझै बाँकी रहेको छ ।

यसमा तपाईको मत