बजार संक्षेप

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

  नागरिक   2019-09-16

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा काठमाण्डौं , ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक  लगायतका २०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ।


 

यसमा तपाईको मत