बजार संक्षेप

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

  नागरिक   2019-11-21

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
कात्तिक २१ बाट व्यावसायिकतामा आएको उक्त बिमा योजनामा हालसम्म तीन हजारभन्दा बढी बिमित आवद्ध भइसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।
बिमितको भावी योजनालाई सार्थक बनाउन १० हजार रुपैयाँको न्यूनतम बिमांक रकममा बिमा गर्न सकिने यस योजनाले बिमा अवधिभर जोखिम बहन गरी बिमितलाई आर्थिक सुरक्षा प्रदान गर्दै आएको छ ।
यस योजनामार्फत बिमितले साधारण मृत्युमा बिमांकको डबल रकम एवं दुर्घटना मृत्युमा बिमांकको तीन गुणा तथा नियमानुसार बोनस रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बिमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजकिरिया खर्च सुविधा र ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधा समेत यो योजनामा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
हाल कम्पनीले एक सयभन्दा बढी कार्यालयमार्फत जीवन बिमा सेवा दिँदै आएको छ ।
 

यसमा तपाईको मत