बजार संक्षेप

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

  नागरिक   2019-12-04

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । सर्वसाधारणमाझ सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ १०५औं शाखा काठमाडौंको जरंखुमा विस्तार गरेको कम्पनीले जनाएको छ ।
उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवं ब्रान्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजना ल्याउन सदैव अग्रसर कम्पनीले उक्त क्षेत्र आसपासका बासिन्दालाई सहज र सरल किसिमले बिमा शुल्क भुक्तानी, बिमा दाबी, बिमा योजना सम्बन्धी जानकारी लगायत विभिन्न जीवन बिमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले कम्पनीले शाखा विस्तार गरेको जनाएको छ । 
 

यसमा तपाईको मत