बजार संक्षेप

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

  नागरिक   2019-09-15

काठमाडौँ- सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वाफ़र रोल्स हो। यो रोल्सको बाहिरी भाग अत्यन्तै कीस्पी छ र भित्रि भाग क्रिमि रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृस्ट र स्वादिस्ट छ। यो  स्ट्रबेरी, भेनिला र कोकोनटको उत्कृस्ट स्वादहरुमा उपलब्ध रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  

यस चोकोफन रोल्स,  क्रंची वाफ़र र स्वादिस्ट फ्लेभर युक्त क्रिमको समिश्रण भएकोले, यो खादा मुखमा नै क्रिम पग्लिन्छ र यसको उत्कृस्ट स्वादले आनन्द को अनुभूति प्रदान गर्दछ। साथै यसलाई चिया कफीसंग, डेजर्टमा, आइसक्रिमसंग पनि उपभोग गरेर यसको स्वादको भरपुर मज्जा लिन सकिने जनाएको छ। 

अन्तरास्ट्रिय गुणस्तरको स्वादिस्ट फ्लेभर प्रयोग गरि संसारकै अत्याधुनिक वाफ़र रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरीबाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरिय छ र हरेक उत्पादनमा एकरुपता रहेको उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।

कम्पनीले चोकोफन रोल्स आकर्षक बक्स प्याकेजिंगमा ल्याएको छ। इम्बोस्ड र वार्निश युक्त प्याकेजिंगमा यसको विशेषताहरु तथा फ्लेभरलाइ अतिनै आकर्षक तथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ एउटा बक्समा दस पीसको दुईवोटा ट्रे रहेको छ जसलाई मेटालिक र्यापरले प्याक गरिएको छ। चोकोफन रोल्स  उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ। १०० ग्राम को बक्सको  चोकोफन रोल्स  मात्र रु १२० मा  बजारमा उपलब्ध छ।

सुजल फूड्स प्रा. लि. ले प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तरास्ट्रिय बजारमा बिक्रि वितरण गर्दै आएको छ भने यस नयाँ उत्पादन चोकोफन रोल्सलाई पनि छिट्टैनै अन्तरास्ट्रिय बजार मा निर्यात गर्ने लक्ष्य राखेको कम्पनीले आफ्नो प्रेस बिज्ञप्तिमा जनाएको छ।

यसमा तपाईको मत