बजार संक्षेप

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

  नागरिक   2019-11-22

काठमाडौं– ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर आयोजना हुने भएको छ ।
मंसिर ९ देखि १२ सम्म त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हुने उक्त मेलामा तिब्बती व्यापारीका ५० भन्दा बढी स्टलमा इलेक्ट्रोनिक सामग्री, खाद्यान्न, पेय पदार्थ, कस्मेटिक, सजावटका सामान, उपभोग्य वस्तु आदिको प्रदर्शनी हुने जनाइएको छ । 
उक्त मेलाको आयोजनाबाट दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धि हुने र सदियौं पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ । 
 

यसमा तपाईको मत