बजार संक्षेप

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

  नागरिक   2019-11-22

काठमाडौं– सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा सुरू गरिएको र आगामी दिनमा अन्य शाखामा पनि विस्तार गर्ने बैंकले जानकारी दिएको छ । 
सेवा सञ्चालनमा आएपछि सेवाग्राहीले छिटो र छरितो रुपमा चेक जम्मा गर्न सक्ने बैंकको भनाइ छ । यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सेवा अझ सरल, सहज तथा छरितो हुन बताइएको छ ।
हाल बैंकले चार एक्सटेन्सन काउन्टरसहित एक सय ७२ शाखा, एक सय एक शाखारहित बैंकिङ एकाइ, एक सय ८७ एटिएम तथा १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत