बजार संक्षेप

हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम

  नागरिक   2020-02-14

काठमाडौैं– हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बैंक सञ्चालक समितिको बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको जनाएको छ । 
नवनियुक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पद तथा गोपनीयताको शपथग्रहण गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा बैंकका सञ्चालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा लगायतको उपस्थिति रहेको बैंकले जनाएको छ । गौतमले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएको जनाइएको छ । 
 

यसमा तपाईको मत