बजार संक्षेप

जाडोका लागि सिजीको घरायसी सामग्री

  नागरिक   2019-11-21

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । 
यसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटली, हटपट, भ्याकुम फ्लास्क र थर्मस रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रुम हिटर र हेलोजिन हिटरमा बिल्कुलै नयाँ स्वरुप र आकर्षक रङ रहेको कम्पनीले जनाएको छ । जाडोमा पनि सहजै नुहाउन सकिने बनाउन कम्पनीले बजेटलाई ध्यानमा राखेर ग्यास तथा इलेक्ट्रिक गरी दुई किसिमका गिजर उपलब्ध गराएको उल्लेख छ ।

यसमा तपाईको मत