बजार संक्षेप

सेञ्चुरी बैंकको साक्षरता अभियान

  नागरिक   2019-12-06

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत चरीकोटमा उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा बैंकिङ कर्जा, व्यापार विस्तार, बैंकिङ प्रणाली, लेखा तथा करसम्बन्धी जानकारी दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एक सय १४ जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत विषयमा जानकारी गराइएको छ । 
 

यसमा तपाईको मत