बजार संक्षेप

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

    2019-08-21

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । हालै सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरेपछि वैदेशिक रोजगार व्यवसायीले कम्पनी चालु राख्न विदेश पठाइने कामदार संख्याको आधारमा नगद र बैंक ग्यारेन्टी गरी दुई करोडदेखि ६ करोडसम्म राख्नुपर्ने भएको छ । बैंकले यही स्थितिलाई सहज गर्न रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको हो । 
बैंकले नगद मार्जिनको रुपमा २० लाख तथा कमिसनको रुपमा ४० लाखसहित एक करोड ५० लाख पाँच वर्षको लागि बैंक ग्यारेन्टी दिने जनाएको छ । साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारीमा जाने कामदारको लागि विशेष खाता सुविधा रहेको पनि जनाएको छ । उक्त सुविधाबाट वैदेशिक रोजगार व्यवसायीलाई काम गर्न सजिलो हुनुको साथै कामदारलाई समेत थप सहयोग पुग्ने बैंकको विश्वास छ । 
 

यसमा तपाईको मत